News Portal

कास्की अदालतमा प्रहरीकै अगाडी तोडफोड : मिसिल चोरी भएको आशंका

रातोपोस्ट संवाददाता
२७७ पटक

काठमाडाैँ, ९ चैत्र । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ । सूचना अधिकारी निल पनेरुले इजलासको दराज फुटेको अवस्थामा रहेको बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ । घटना मंगलबार राति भएको हो ।

बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,झ उनले भने, ञनयाँ भवन भएकोले सीसीटिभी क्यामेरा राखिएको छैन। घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन । प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसलस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् । तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ ।

सोही रडको फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएको हो । उक्त इजलासको जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियो । अदालतको ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीको कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकोले यहाँको प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चौबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । सोही कार्यालय अघिको अदालतमा भएको तोडफोड रहस्यमय छ ।

प्रतिकृया दिनुहोस्