News Portal

विर्तामोडमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम

रातोपोस्ट संवाददाता
३८९ पटक

झापा, १४ चैत । झापाकाे विर्तामोडमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएकाे छ । विर्तामोडक स्थित हाेटल हिकाेला हेरिटेजमा लाेक सांस्कृतिक नृत्य र लाेक बाजाको प्रशिक्षण कार्यक्रम सञ्चालन भएकाे हाे ।

कल्चर फाउन्डेसन झापाकाे आयाेजनामा भएकाे कार्यक्रममा विर्तामोड नगरपालिकाकाे मुख्य प्रयोजक रहेकाे छ भने साहित्य चाैतारी विर्तामोडकाे सहयाेग रहेकाे आयाेजकले बताएकाे छ । प्रशिक्षणमा ४० जना भन्दा बढी सामुदायिक विधालयका शिक्षक शिक्षिकाकाे सहभागीता रहेकाे छ ।

उद्वघाटन कार्यक्रमकाे प्रमुख अतिथि विर्तामोड शिक्षा शाखाका प्रमुख त्रिलाेचन भण्डारीले गरेका थिए । कार्यक्रममा देवी भक्त श्रेष्ठ, राेचक थापाकाे आतिथ्तिया रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता कल्चर आर्ट फाउन्डेसनका झापाका अध्यक्ष सुनिल थापाले गरेका थिए भने सञ्चालन स्रष्टा तथा सञ्चारकर्मी खगेन्द्रा खुसीले गरेकी थिईन । दुईदिन सम्म सञ्चालन हुने कार्यक्रमकाे सहजीकरण राेचक थापाले गर्ने छन् ।

प्रतिकृया दिनुहोस्