News Portal

मनाङ मस्र्याङ्दी क्लब फाइनलमा

रातोपोस्ट संवाददाता
३७२ पटक

झापा, १५ चैत । झापाको दमकमा जारी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ औँ मिनेटमा गोल गरेका थिए । ओलावलेले गरेको गोल नै निर्णायक भयो ।

खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानेभञ्ज्याङले खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । मंगलबारको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने छ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबार विजयी हुने टिमले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्