News Portal

वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ लाई

रातोपोस्ट संवाददाता
६३१ पटक

झापा, २२ चैत । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि मेचीनगर–६ ले जितेको छ । मेचीनगर—४ बाहुनडाँगीस्थित सरस्वती माविको खेलमैदानमा सोमबार भएको प्रतियोगिताको फाईनल खेलमा मेचीनगर–७ लाई २–० गोल अन्तरले पराजित गर्दै मेचीनगर–६ ले उपाधि जितेको हो ।

उपाधिसंगै वडा नम्बर ६ ले नगद १ लाख ५० हजार प्राप्त गर्यो । उपविजेता बनेको वडा नम्बर– ७ ले नगद ७५ हजार र ट्रफीमा चित्त बुझायो । त्यस्तै, प्रतियोगितामा मेचीनगर–१२ तेस्रो हुँदै नगद २५ हजार पायो । मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष एवम् वडानम्बर —४ का वडाध्यक्ष नविन वरालको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती रहेकी थिइन् ।

कार्यक्रममा मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्ती, मेचीनगर- १ का वडाध्यक्ष पासाङ तामाङ, मेचीनगर- ५ का वडा अध्यक्ष योगेन थापामगर, मेचीनगर- ११ का वडाध्यक्ष सन्तोष मेचे, मेचीनगर- ४ का वडा सचिव युवराज पोखरेल, ग्रिन जेनेरेसन नेपालका अध्यक्ष अर्जुन कार्की, बाहुण्डाँगी युवा क्लबका अध्यक्ष विक्रम थापा, बाहुनडागी जेसिस बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तान लगायतको आतिथ्यता रहेको थियो । मेचीनगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सह आयोजकमा स्थानीय बाहुनडाँगी युवा क्लब रहेको थियो ।

प्रतिकृया दिनुहोस्