News Portal

एमालेको आन्तरिक चुनावमा थापालाई सर्वाधिक मत

रातोपोस्ट संवाददाता
१११५ पटक

झापा, २३ चैत । मेचीनगर नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमाले पार्टीबाट बालकृष्ण थापाले सर्वाधिक मत ल्याएका छन् ।

आज मेचीनगर ६ मा एमाले पार्टीको उमेद्धार चयन गर्ने भन्ने विषयमा आन्तरीक मतदान भएको थियो । जसमा तीन आकांक्षी मध्ये बालकृष्ण थापाले सर्वाधिक मत ल्याएका हुन् ।

पार्टीले आकांक्षी उम्मेद्वारका लागि गरेको चुनावमा थापाले ४९ मत ल्याएका हुन् । जुन सर्वाधिक भएको एमाले मेचीनगर ६ पार्टीले जनाएको छ । अन्य आकांक्षी उम्मेद्वारहरु रामबहादुर तामाङले ९ र गोविन्द गिरीले ३ मत प्राप्त गरेकाे जनाइएको छ । कुल ६७ सदस्य मध्ये ६१ जनाले मतदान गरेका थिए । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव हुदैँछ । जसमा उमेद्धार चयनका लागि आज आन्तरिक चुनाव भएको हो ।

प्रतिकृया दिनुहोस्