News Portal

पत्रकार महासंघ झापाद्वारा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण

रातोपोस्ट संवाददाता
४३५ पटक

झापा,२६ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शुरु भएको छ । आजदेखि झापाको दुर्गापुरमा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शुरु भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गरेका थिए । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा खोजपत्रकार मोहन मैनालीले प्रशिक्षण दिइ रहेका छन् । नगर प्रमुख पोखरेलले समाचार खोजमूलक र तथ्यैखाले पूर्ण हुनु पर्नेमा जोड दिए । समाचार खोज गर्दा र लेख्दा पत्रकार राजनीतिक आस्था तथा सबपूर्वाग्रहबाट मुक्त हुनुपर्ने उनले बताए । नगर उपप्रमुख मञ्जु दाहाल प्रसाईले पत्रकारले मिथ्या सम्प्रेषण गर्न नहुने र त्यसबाट बच्नु पर्ने बताइन् ।

प्रशिक्षक मैनालीले वर्तमानमा पत्रकारितामा मिथ्या सूचना चुनौति बनेको बताए । उनले खोजमुलक र तथ्यपूर्ण पत्रकारिता गर्नु पत्रकारको कर्तब्य भएको बताए । महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको प्रशिक्षण उद्घाटनको कार्यक्रम सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । उक्त अवसरमा प्रशिक्षक मैनालीलाई महासंघ झापाको तर्फबाट कदर पत्र प्रदान गरिएको थियो । कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा जिल्लाका ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्