News Portal

बुद्धशान्तिमा लुवागुनको संयोजकमा ३५१ जनाकाे निर्वाचन कमिटी गठन

रातोपोस्ट संवाददाता
८५२ पटक

झापा, २६ चैत । नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकामा प्रेम लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे छ । आज बुधबारेमा भएकाे बिस्तारित भेलाले लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे हाे । भेलाले सरोज घिमिरेको सभापतित्वमा भएकाे भेलामा माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष बिजय सम्पाङ राईको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
बिस्तारित भेलामा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बोधराज दाहाल, खड्क बहादुर तिमिल्सिना, माओवादी पार्टी बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर नेम्बाङ्ग, वाईसीएल नेपालका केन्द्रिय सदस्य कुमार आचार्य, जिल्ला संयोजक दधिराम रिमाल र वाईसीएल नेपालका जिल्ला कमिटी सदस्य बिनोद नेम्बाङ्ग र आयुसा लामिछानेको उपस्थिति रहेकाे थियो ।

भेलाले बिनाेद नेम्बाङकाे संयोजकत्वमा २० सदस्यीय एसटीएफ कमिटी पनि निर्माण गरेकाे छ । त्यसैगरि सराेज घिमिरेकाे संयोजकत्वमा १० सदस्यीय साईवर युनिट गठन भएकाे छ भने आयुषा लामिछाने संयोजकत्वमा महिला बिभाग गठन भएकाे निर्वाचन परिचालन कमिटी संयोजक लुवागुनले बताए ।

प्रतिकृया दिनुहोस्