News Portal

वाइसीएलकाे मेचीनगर अध्यक्षमा निराैला र सचिवमा राई चयन

रातोपोस्ट संवाददाता
६८३ पटक

झापा, २८ चैत । नेकपा माओवादी केन्द्र पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को मेचीनगरकाे अध्यक्षमा राजु निराैला चयन भएका छन् । शनिबार मेचीनगर- ७ किरात याक्थुङ चुम्लुङ भवनमा भएकाे वाईसीएल नगर भेलाले अध्यक्षमा निराैलालाई चयन गरेकाे हाे ।

त्यसैगरि नगर भेलाले उपाध्यक्षमा कृष्ण ढुङ्गाना, बिजय मेचे, दिपेश मेचे र जंग बहादुर चयन भएका छन् । भेलाले सचिवमा दीपक राई, सहसचिवमा अभिषेक दवाडी, विजेश सार्की, राजेश कार्की, राजेश तामाङ्ग, बिसिका अधिकारी, सुनिता मोहोरा, गजेन लिम्वु र दिलकुमार राजवंशी चयन गरेकाे छ । त्यसैगरी कोषाध्यक्षमा एलिसा कार्की चयन भएकी छिन् । भेलाले ८३ सदस्यीय नगर समिति बनाएकाे छ ।

कार्यकमा प्रमुख अथिती सांसद राम कार्कीकाे रहेकाे थियाे । विशेष अथिति अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य रन्जित तामङ रहेका थिए । कार्यकमामा अन्य अतिथिमा प्रदेश सचिवालय सदस्य पुरुषाेतम चुडाल (राजु), प्रदेश सदस्य तथा क्षेत्र न.१ का इन्चार्ज प्रकाश भण्डारी (संन्जोक), प्रदेश सदस्य तथा क्षेत्रीय सह-इन्चार्ज इन्दिरा कार्की, क्षेत्रीय संयाेजक माधब अर्याल, क्षेत्र (क) का संयाेजक राजकुमार दाहाल (राजु), क्षेत्र (ख) का संयाेजक नरेन्द्र मेचे, श्यामवीर लिम्बू, पनिता ढकाल,.शान्तिराम चिमरिया, बिकास थापा, नगर अध्यक्ष राजन चिमरिया, उत्तम सितुङ, बद्रीनाथ फुयाल, कृष्ण कौसल, वाइसीएलका झापा जिल्ला इन्चार्ज कुमार आचार्य, वाइसीएल जिल्ला संयाेजक ददिराम रिमाल, वाइसीएल प्रदेश विशेष बिभाग प्रमुख दिपक तामाङकाे आतिथ्यता रहेकाे थियाे । अध्यक्षता वाईसीएलका प्रदेश सदस्य बिनोद मण्डलले गरेकाे कार्यक्रममा सञ्चालन अविजित दवाडीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्