News Portal

झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
६३४ पटक

झापा, २७ चैत । झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा छिन् ।

आइतबार अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी थापालाई चट्याङ लागेको थियो । हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर थापा सिकिस्त बनेकी थिइन् । उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्