News Portal

झापा सुपर लिगमा करण केसी खेल्ने

रातोपोस्ट संवाददाता
५९३ पटक

झापा, चैत २९ । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित भएको जानकारी दिए ।

जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदान उतार्ने योजना प्रमुख विशाल अग्रवालले जानकारी दिए । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा वैशाख ३ गते सुरु हुने लिगमा करणसहित मेहबुब आलम, मन्जित श्रेष्ठ, गुल्सन झा, सिद्धान्त लोहनी, मिनास थापा, अदिल अन्सारी लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेटरहरु सहभागी बन्ने आयोजक संस्थाका अध्यक्ष हिमाल विकेले जनाए ।

नेपाली क्रिकेटलाई अझ मजबुद बनाउन बोस्टन ब्लास्टर्सले आगामी दिनमा योगदान पुर्याउने प्रशिक्षक बाँस्तोलाले जानकारी दिए ।क्लबले मार्की खेलाडीको रुपमा समिर कार्की र आइकोनिक खेलाडीका रुपमा मिनास थापालाई भित्र्याएको छ । त्यस्तै, बिर्तामोडका सुरज खड्काको कप्तानीमा भाग लिने क्लबका अन्य खेलाडीहरुमा अभि योङहाङ लिम्बू, अमन गोयल, अर्बिन क्षेत्री रहेका छन् ।

वसन्त सिर्जन कोइराला, विवेक चिमरिया, विदान गोश्वामी, विपिन कार्की, दिपु भूजेल, नविन पाठक, राहुल पाठक, सरोज श्रेष्ठ, सिद्धार्थ कुमाल र सुनिल आचार्य बोस्टन ब्लास्टर्सबाट खेल्ने छन् । वारियर अफ इस्ट भन्ने नाराका साथ बोस्टन ब्लास्टर्सले जेएसएल खेल्नेछ । बोस्टन क्रिकेट एकाडेमीले खेलाडी उत्पादनमा काम गर्दै आएको छ ।

लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा वैशाख ३ गते सुरु हुने लिगमा करणसहित मेहबुब आलम, मन्जित श्रेष्ठ, गुल्सन झा, सिद्धान्त लोहनी, मिनास थापा, अदिल अन्सारी लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेटरहरु सहभागी बन्ने आयोजक संस्थाका अध्यक्ष हिमाल विकेले जनाए ।

शिवशक्ति ग्रुपको रसाई तोरी तेलले मुख्य प्रायोजन गरेको साताव्यापी प्रतियोगितामा जिल्लाका ५ वटा क्लबको सहभागिता रहने छ ।

प्रतिकृया दिनुहोस्