News Portal

किरात याक्थुङ चुम्लुङ मेचीनगरको अध्यक्षमा धनप्रसाद

रातोपोस्ट संवाददाता
७३० पटक

झापा, ३० चैत । किरात याक्थुङ चुम्लुङ मेचीनगरको अध्यक्षमा धनप्रसाद केरूङ चयन भएका छन् । चुम्लुड्ंको सभाहलमा सम्पन्न छैठौं अधिवेशनबाट केरूङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

गत चैत १९ गते अधिवेशनको उद्घाटन भएको थियो । सोमबार निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मतमा चयन गरेको हो । समितिको उपाध्यक्षमा बीर बहादुर वेघा, सचिव मिना इजम लिम्बू, सहसचिव राजेन्द्र इधिंगो र कोषाध्यक्षमा मिन माया लिड्ंखिम इधिड्ंगो चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मणि कुमार लिम्बू,भूमिका लिम्बू फियाक, ओम प्रकाश खापुड्ं, भुमादेवी आड्ंदेम्बे, तिलकचन सम्बाहाम्फे,याकुमतुम्बाहाम्फे, प्रकाश कन्दड्ंवा, राज कुमार थेवे, सन्तोष साँवा, बुद्द तिगेला, प्रतिमा साम्यो, लोक बहादुर आड्ंबो, विर बहादुर लिम्बू ,प्रदिप मादेन, अर्जुन इजम र मन कुमारी लिम्बू (मनिषा) रहेका छन् ।

नवनिर्वाचित समितिलाई किरात याक्थुड्ं चुम्लुड्ंका पुर्व अध्यक्ष हर्क फियाक, पुर्व जिल्ला अध्यक्ष टेक बहादुर आड्ंदेम्बे सल्लाहकार क्याप्टेन गोपिलाल लिड्ंदेन लगायतले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्