News Portal

सहारा काँकडभिट्टा सेवा केन्द्रले मनायो बार्षिकोत्सव

रातोपोस्ट संवाददाता
४९६ पटक

झापा, १ बैशाक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकडभिट्टा सेवा केन्द्रले संस्थाको २७ औ बार्षिकोत्सब मनाएको छ । काँकडभिट्टास्थित उधमी लघुवित्त महिला सदस्य शुशिला खरेलको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्याक्रममा प्रमुख अतिथि संबिधान सभा सदस्य रबिन कोइराला रहेका थिए । मेचीनगर वडा नं ६ का वडा अध्यक्ष ललित तामाङ्ग बिशेष अतिथि, काँकडभिट्टा खानेपानी संस्थाका उपाध्यक्ष गोबिन्द गिरी तथा अनुगमन प्रमुख घनश्याम रायको आतिथ्यता रहेको थियो ।

काँकडभिट्टा प्रमुख खेमराज पुरीले सेवा केन्द्रले १ बर्षमा गरेको गतिविधि जानकारी गराएका थिए । संस्थाको हालको अवस्था तथा बित्तिय साक्षरताको बिषयमा अनुगमन प्रमुख घनश्याम रायले प्रशिक्षण प्रदान गरेका थिए । काँकडभिट्टा सेवा केन्द्रको बिगत १५ बर्ष देखि लघुवित्त कार्यक्रममा आवद्ध उद्यमी मेचीनगर- ६ निवासी झरी राजवंशी र मेनपा- ४ निवासी तारा बराललाई नगद तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथि कोईरालले संस्था नेपालकै नमुना र उदाहरणीय रहेका चर्चा गर्दै उद्यशिलता बिकास तथा गरिबी न्यूनिकरणमा चालेका हरेक योजना सफलताको शुभकामना दिए । यसैगरी कार्याक्रममा बिशेष अतिथि तामाङ्गले अन्य बित्तिय याे संस्था जस्तो नरहको हुँदा सबैले यसको अनुसरण गर्नुपर्ने भन्दै कार्यक्रमकाे सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्