News Portal

मेयर विमल आचार्यद्वारा झापा सुपर लिग क्रिकेट प्रतियोगिता उद्घाटन

रातोपोस्ट संवाददाता
४६३ पटक

झापा, ३ वैशाख । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले झापा सुपर लिग(जेएसएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । झापाकाे मेचीनगर-६ स्थित काँकडभिट्टा माविको खेल मैदानमा संचालित प्रतियोगिताको शनिबार आयोजित एक समारोहका बीच मेयर विमल आचार्यले उद्घाटन गरेका हुन् । लर्ड बुद्ध क्रिकेट एकाडेमीद्वारा संचालित क्रिकेट प्रतियोगिताको मेयर विमल आचार्यले ब्याटिङ्ग गरेर उद्घाटन गरेका थिए ।

क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आचार्यले खेल मानव जीवनमा अति आबश्यक रहेको बताए । खेलको माध्यमले सामाजिक रुपान्तरणमा समेत ठूलो टेवा पुग्नेछ, मेयर आचार्यले भने, खेल सामाजिक परिवर्तनको एक आधार पनि हो, स्वास्थ्यका लागि मानव जीवनमा खेल अति आबश्यक रहेकाे उनले बताए ।

लर्ड बुद्ध क्रिकेट एकाडेमीका अध्यक्ष हिमाल बिकेकाे अध्यक्षतामा आयोजित उद्घाटन समारोहको सञ्चालन राजकुमार श्रीवालले गरेका थिए । उद्घाटन खेल सनराइज काकँरभिट्टा र विराट वरीयर्स बिच खेल भइरहेकाे छ । प्रतियोगितामा ५ टिमले सहभागी जनाएको छ । प्रतियोगिताका बिजेता टिमलाई नगद २ लाख ११ हजार र उपविजेताले नगद १ लाख ११ हजार पाउने छन् ।

प्रतिकृया दिनुहोस्