News Portal

एमाले मेचीनगर वडा-६ का उम्मेद्वार घोषणा, अध्यक्षमा बालकृष्ण थापा

रातोपोस्ट संवाददाता
३४६ पटक

झापा, ३ बैशाख । नेकपा एमालेले झापा मेचीनगर वडा- ६ काँकरभिट्टामा एमालेतर्फबाट उम्मेद्वारहरु घोषणा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर वडा- ६ को वडा अध्यक्षमा बालकृष्ण थापा उम्मेद्वार हुने भएका छन् ।

मेचीनगर वडा- ६ को एमाले प्रचार- प्रसार कार्यालय उद्घाटनको अवसरमा गरिएको उम्मेद्वारी घोषणामा अध्यक्षमा थापासहित खुल्ला सदस्यमा ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहेका छन् । त्यस्तै, महिला खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्बसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगरकमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर वडा-६ का वडा कमिटिका अध्यक्ष प्रितम काफ्लेले बताए ।

एमाले जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको प्रचार कार्यालय उद्घाटनका अवसरमा घोषणा गरिएका उम्मेद्वारहरु नै एमालेका तर्फबाट मेचीनगर वडा-६ का लागि अन्तिम भएको भए पनि जिल्ला कमिटिले उम्मेद्वारका रुपमा निणर्य गर्न भने बाँकी रहेको एक एमाले नेताले बताए ।

प्रतिकृया दिनुहोस्