News Portal

लामाको एकल नाटक ‘विस्थापन’ प्रदर्शन हुने

रातोपोस्ट संवाददाता
३३४ पटक

झापा, ३ बैशाख । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापन प्रदर्शन हुने भएको छ । आज मेचीनगरमा भएकाे पत्रकार सम्मेलनमा कलाकार तथा निर्देशक लामाले नाटक विस्थापन काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा प्रदर्शन हुने जानकारी दिए ।

लामाको एकल प्रस्तुती रहेकाे नाकटमा राजनितिक परिवर्तन पछि जनतामा कुनै परिवर्तन आउन नसकेको कुरालाई चित्रण गरिएकाे व्यवस्थापक शंकर भट्टराईले पत्रकार सम्मेलनमा बताए । अविराम नाट्य मञ्चको प्रस्तुती रहेको नाटक विस्थापन १ घण्टा १० मिनेटको रहेकाे छ ।

बैशाख ९ गते दिउसाे ३ बजे बिषेश प्रदर्शनी र बैशाख १० गते बिहान १० बजे पुन प्रदर्शनी हुने कलाकार लामाले पत्रकार सम्मेलनमा बताए । मेचीनगर- ६ नकलबन्द निवासी लामाको यो नाटक २८ औं प्रस्तुती रहेको छ । कलाकार लामा ३० बर्षदेखि कला क्षेत्रमा क्रियाशील रहेर काम गरिरहेका छन् । नाटकको टिकट शुल्कबाट उठेको रकमलाई खर्च कटाएर मेचीनगरमा कला प्रतिष्ठान निर्माणको शुरुवात गरिने पनि लामाले पत्रकार सम्मेलनमा बताए ।

प्रतिकृया दिनुहोस्