News Portal

बैंक अफ काठमाण्डौंको नयाँ शाखा काँकरभिट्टामा

रातोपोस्ट संवाददाता
६०४ पटक

झापा, ४ वैशाख । बैंक अफ काठमाण्डौं लिमिटेडको नयाँ शाखा काँकरभिट्टामा उद्घाटन भएको छ । आइतबार एक समारोहका बिच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सम्पन्न भएको हो । औपचारिक समुद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप–प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ्ग तथा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डौं लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानियहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, महासचिव ध्रुव कनाल, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, रोटरी क्लब अफ काँकरभिट्टाका युथ चियर रबि नेपाल, मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राई, अरुणेदय आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, काँकरभिट्टा माविका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । बैंकका १ नम्बर प्रदेश प्रमुख रवि काफ्लेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बैंकका प्रमुख वित्तिय अधिकृत चन्द्रराज शर्मालले बैंकको तर्फबाट प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्