News Portal

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर पाँचथरमा एक जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
४४८ पटक

पाँचथर, ५ बैशाख । पाँचथरकाे फिदिम नगरपालिकामा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिराेमा परेर फिदिम नगरपालिका -१ बुद्ध चोकका अन्दाजी ६५ वर्षका गोपाल ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए अनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

प्रतिकृया दिनुहोस्