News Portal

काँकरभिट्टा मा ब्राउन सुगरसहित दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
६०२ पटक

झापा, ६ बैशाख । झापाकाे मेचीनगर-६ स्थित काँकरभिट्टामा प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० सिन्धुपाल्चोक घर भई बिर्तामोड नगरपालिका–८ स्थित नवदुर्गा सुनचाँदी पसल सञ्चालन गरी बसेका २८ वर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका–७ तेह्रथुम घर भई बिर्तामोड–८ स्थितमा अटो ट्याम्पो ग्यारेज सञ्चालन गरी बसेका २७ वर्षीय धनवीर बराल रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्