News Portal

हल्दिवारीका उपाध्यक्ष डम्बर गिरीद्वारा राजीनामा

रातोपोस्ट संवाददाता
५६० पटक

झापा, ८ बैशाख । झापाकाे हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् ।

राजीनामा पत्रमा निर्वाचित मितिले करिब ५ बर्षसम्म नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य संघीय÷प्रादेशिक कानून तथा स्थानीय कानूनले सुम्पेको काम, कर्तव्य, अधिकार र जिम्मेवारी बहन गर्दै आइरहेकोमा स्थानीय तहको आसन्न निर्वाचन, २०७९ मा पार्टीको काममा खटिनुपर्ने अवस्था सिर्जना भएकाले राजीनामा दिनु परेको जनाएका छन् । यसअघि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्