News Portal

गठबन्धनकाे -वार्ता नटुङ्गिदै नेकपा एस मेचीनगर चुनावी तयारीमा

रातोपोस्ट संवाददाता
११४८ पटक

झापा, ९ बैशाख । नेकपा (एकीकृत समजवादी) मेचीनगर कमिटीले स्थानीय तहकाे निर्वाचन प्रक्रियामा सहभागी हुन सम्बन्धित सबै वडालाई आवश्यक कागजातसहित नगर कार्यालयमा उपस्थित हुन आह्वान गरेकाे छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतसँग चुनावी गठबन्धनकाे प्रयास भइरहेकै बेला नेकपा (एस) ले मेचीनगरका सबै वडालाई उम्मेद्वारी दर्ताका निम्ति तयार रहन निर्देशन दिएकाे हाे । गठबन्धनका लागि वार्ता गन्तव्यमा पुगि हालेकाे छैन । यता वार्ता चलिरहे पनि हामी आन्तरिक तयारीमा जुटेकाे नेकपा (एस) का नगर कमिटि सचिव हरि तिम्सिनाले बताए । गठबन्धनकाे सम्भावना जीवितै रहे पनि सम्मानजनक सहभागिता सुनिश्चित हुन नसके चुनावमा सहभागी हुन आफू एक्लै तयार रहेकाे नेकपा(एस)का नगर नेताहरु बताए ।

बैशाख ११ र १२ गते हुने उम्मेद्वारी दर्ता प्रक्रियामा सहभागी हुन नगरका सबै वडामा सकुलर गरेकाे छ । सचिव तिम्सिना भने, ‘वार्ता टुङ्गिएकाे छैन, गठबन्धनका लागि हामी अझै सकारात्मक छाैं। तर सँगसँगै आफ्नाे आन्तरिक तयारी पनि गरेका छाैं।’ नेपाली काँग्रेसका नगर नेताले पनि गठबन्धन-छलफल अझै चलिरहेकाले उम्मेद्वारी टुङ्गिन अझै केही समय लाग्ने बताएका छन्। नेकपा(एस) ले भने काँग्रेसकाे स्पष्ट ‘बटमलाईन’ आउना साथ आफू औपचारिक रुपमा अघि बढ्ने बताएकाे छ।

प्रतिकृया दिनुहोस्