झापा, ९ बैशाख । कलाकार केसाङ लामाको एकल नाटक ‘विस्थापन’ काँकरभिट्टामा आज पनि बिशेष सो प्रदर्शन हुने भएको छ । हिजो शुक्रबार काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभाहलमा कलाकार लामाको ‘विस्थापन’ नाटक विषेश सो प्रदर्शन गरिएको थियो ।
आज पनि बिहान ११ बजे र दिउँसो ३ बजे नाटक ‘विस्थापन’ प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ । अविराम नाट्य मञ्चका निर्देशक समेत रहेका कलाकार लामाले माआवादीको १० वर्षे जनयुद्व र नेपालमा भएका अहिलेसम्मका राजनीतिक परिवर्तनले नेता मोटाए तर जनता जहिलै गरिव नै रहेको वास्तविक चित्रण नाटकमा गरिएको छ ।
शुक्रबार नाटकको विशेष सो समापनपछि समिक्षात्मक कार्यक्रममा साहित्यकार पर्शुराम तिम्सिना, पत्रकारहरु चन्द्र भण्डारी, मोहन काजी, नाटक व्यवस्थापनका संयोजक शंकर भट्टराई र कलाकार लामाले आ–आफ्नो धारणा राखेका थिए । प्रवेश शुल्क ३ सय र ५ सय टिकट लाग्नेछ भने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक भट्टराईले बताए ।