News Portal

  • मेचीनगर- ६ मा गठबन्धनका उम्मेदवारहरु भोट माग्दै घरदैलोमा

    रातोपोस्ट संवाददाता
    ४६३ पटक

    झापा, १८ वैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर- ६ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

    आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार ललित बहादुर तामाङ, वडा सदस्यका उम्मेदवारहरु जितबहादुर बस्नेत ( कृष्ण), वडा सदस्य ओम प्रकाश खापुङ, महिला वडा सदस्यका उम्मेदवार शशि राई र दलित महिला सदस्यका उम्मेदवार अञ्जली बिकले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

    आइतबार नक्लवन्धबाट सुरु भएको घरदैलो अभियान भट्टराई चाैकमा पुगेर सम्पन्न भएको निर्वाचन परिचालन समिति मेचीनगर वडा- ६ का संयाेजक पशुराम सुबेदी (पारस) ले जानकारी दिए । उक्त चुनावी घरदैलो अभियानमा जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, माओवादीका मेचीगनरका सहइन्चाज विकास थापा मगर, काँग्रेसका युवा नेता नेत्र कार्की र सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)