News Portal

मध्यरातमा मेचीनगरको मतगणना स्थगित

रातोपोस्ट संवाददाता
३९७ पटक

झापा, ३१ बैशाख । मेचीनगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना राति स्थगित भएको छ । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा राजनीतिक दलहरुबीच विवाद भएपछि मत गणना स्थगित भएको हो ।

एमालेले मतगणना स्थलमा प्रतिनिधि बढी माग गरेपछि माओवादी केन्द्रले नमानेपछि विवाद भएको जनाइएको छ । माओवादी केन्द्रका प्रतिनिधि मत गणना स्थलबाट बाहिरिएका छन् । तर एमालेले प्रतिनिधि व्यवस्थापनमा निर्वाचन आयोगले कमजोरी गरेको भन्दै असन्तुष्ट व्यक्त गरेको छ ।

मेचीनगर वडा नं १ को मतगणना भइरहँदा १५ नं. वडाको मत गणना सुरु हुँदै गर्दा मेचीनगरमा मत गणना तत्कालका लागि स्थगित भएको छ । मतगणना सुचारु गर्न राजनीतिक दलहरुबीच सहमतिको प्रयास भइहेको निर्वाचन कार्यालय मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।

प्रतिकृया दिनुहोस्