रातोपोस्ट संवाददाता
झापा, १ जेठ । झापाकाे मेची नगरपालिकामा मतगणनाकाे समयमा हुन सक्ने सुरक्षालाई मध्यनजर गरी थप सुरक्षा व्यवस्था कडाई गरिएको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले मतगणना स्थलमा सुरक्षा व्यवस्थाका साथै मापासे चेकजाच गरेकाे छ ।
मतगणना स्थलमा मतगणना सहज बनाउनकाे लागि सुरक्षा ब्यवस्थामा कडाइ गर्नुका साथै मापासे जाँचलाई पनि कडाइ गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानकुमार महताेले जानकारी दिए ।
उनका अनुसार गणना स्थललाई थप सुरक्षा र प्रभावकारी बनाउन प्रवेशद्वारमा मापासे चेक चाँज गरिएकाे उनले बताए ।