News Portal

मेचीनगरमा एमालेको अग्रता

रातोपोस्ट संवाददाता
४९६ पटक

झापा, २ जेठ । झापाकाे मेचीनगर नगरपालिकामा नेकपा एमालेको अग्रता बढ्दै गएको छ । वडा नम्बर १, २ र १५ को १ हजार ७२६ मतगणना हुँदा एमालेका गोपाल चन्द्र बुढाथोकीले ७१५ मतका साथ अग्रता लिएका छन् । दोस्रोमा नेपाली कांग्रेस रहेको छ । गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले ६१३ मत पाएका छन् भने । तेस्रोमा रहेका राप्रपाका रमेश दाहालले १०२ भोट पाएका छन् ।

त्यस्तै चौथोमा मेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका किशोर धिमालले ४८ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मिना पोखरेल उप्रेतीले अग्रता लिएकी छन् । उनले ६८१ मत पाएकी छन् । दोस्रोमा रहेका गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२३ मत पाएका छन् । तेस्रोमा रहेकी राप्रपाकी सविना बजगाईले २१४ भोट पाएकी छन् ।

त्यस्तै चौथोमा उपमेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका शिखा लिम्बुले ५४ र पानीको धारोले ३ मत ल्याएको निर्वाचन कार्यालय मेचीनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्