News Portal

मेचीनगर–७ मा एमालेको प्यानलै विजयी

रातोपोस्ट संवाददाता
३८१ पटक

झापा, १० जेठ । झापाकाे मेचीनगर–७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ४ वजेको नतिजा अनुसार वडा नम्बर ७ को ६०६५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार प्रलामणि ओलीले १८०९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका राजकुमार राजबंशीलाई ३२ मतको अन्तरले हराएर ओली विजयी भएका छन् । राजबंशीले १७७७ मत प्राप्त गरेका छन् ।यता महिला वडा सदस्यमा एमालेकी मिनमाया सुब्बा लिम्बुले १८५१, दलित महिला सदस्य शान्तादेवी दर्जीले १९०४, खुल्ला सदस्य अर्जुन कार्कीले १९४८ र अर्का खुल्ला वडा सदस्य पुनलाल राजबंशीले १७३० मत ल्याएर विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्