News Portal

धूम्रपानजन्य रोगका कारण लाओसमा वार्षिक सात हजारको मृत्यु

रातोपोस्ट संवाददाता
२७५ पटक

विनतियन, १३ जेठ । धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूम्रपान सम्वन्धी रोगका कारण मृत्यु हुने गरेको हो ।

एउटाले धूम्रपान गर्दा अर्कालाई असर पर्ने गरेको र त्यसबाट पनि धेरै मानिस पीडित भएको उनीहरूले जनाएका छन् । लाओस इकोनोमिक डेलीले लाओसका स्वास्थ्य मन्त्री बोङफेङ फौमालायसीथलाई उदृत गर्दै प्रकाशित गरेको समाचारमा विश्वव्यापी यस समस्याबाट आफ्नो मुलुक पनि नराम्रोसँग प्रभावित भएको उल्लेख गरिएको छ ।

पछिल्लो समय १५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा धुम्रपानका लत बढेको पाइएको पनि समाचारमा जनाइएको छ ।धुवाजन्य पदार्थका कारण लाग्ने रोगहरूको पछाडि वायुमण्डलको धुँवा-धुलो पनि मुख्य रहेको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय सर्वेक्षणको पछिल्लो प्रतिवेदनका अनुसार १३ देखि १५ वर्षसम्मका किशोर किशोरीहरू मध्ये १०.७ प्रतिशत किशोर र २.१ प्रतिशत किशोरी रहेका छन् । -सिन्ह्वा

प्रतिकृया दिनुहोस्