News Portal

मेचीनगर-१४ को पहिलो निर्णय : १ सय गरिब परिवारकाे स्वास्थ्य बिमा

रातोपोस्ट संवाददाता
३०७ पटक

झापा, १४ जेठ । झापाकाे मेचीनगर नगरपालिका वडा- १४ का नवनिर्वाचित वडा अध्यक्ष बाबुलाल सुब्बाले पदभार ग्रहण गरेका छन् । शुक्रबार वडा कार्यालयमा पुगेर निवर्तमा वडा अध्यक्षसहितको उपस्थितिमा उनले कार्यभार समालेका हुन् । नवनिर्वाचित वडा अध्यक्ष सुब्बाले १ सय गरिब परिवारलाई स्वास्थ्य बिमा गरिदिने निर्णय गरेका छन् ।

त्यसैगरि धाइजनमोडमा शौचालय निर्माण र मेचीनगर-१४ खरघारीमा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भएको उनले बताए । जिबन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष शंकर पोख्रेल, माओवादी केन्द्रका इन्चार्ज अपुर्ब डागी, नेपाली काङ्ग्रेसका सभापति प्रेम खत्री, नगर परिषद् सदस्य बिन्दा प्रसाई, रेड्क्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायतले बिगतमा कार्यसम्पादन गर्दा पुर्ण नभएका कामको पूरा गर्न सबै पार्टिले सहयोग गर्न सुझाव दिएका थिए ।

प्रेम सावाँले स्वागत गरेको कार्यक्रमको संचालन बिपिन काफ्लेले गरेका थिए । यसैगरी मेचीनगर-१३ मा अध्यक्ष कृष्ण सिग्देललगायत सदस्यले पनि आजैबाट पदभार सम्हालेका छन् । १२ का नवनिर्वाचित अध्यक्ष मधुसूदन निरौलासहितले वडाको पदभार सम्हालेका छन् । नवनिर्वाचित वडा अध्यक्ष सुब्बा माओवादी केन्द्रका मेचीनगरका सहइन्चार्ज हुन्।

प्रतिकृया दिनुहोस्