News Portal

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

रातोपोस्ट संवाददाता
३६६ पटक

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियाे । १९ यात्रु बाेकेकाे जहाजका पाइलट प्रभाकर घिमिरे रहेकाे बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस्