News Portal

हर्कराज साम्पाङलाई राजेन्द्र लिङदेनले घरमै पुगेर दिए बधाई

रातोपोस्ट संवाददाता
२५६ पटक

सुनसरी, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुनसरीको धरान उपमहानगरपालिका नवनिर्वाचित मेयर हर्कराज साम्पाङलाई शुभकामना दिएका छन्। शनिबार साम्पाङकै निवासमा पुगेर लिङ्देनले शुभकामना दिएका हुन्।

सामाजिक सञ्जाल तस्वीर सार्वजनिक गर्दै लिङ्देनले लेखेका छन्, ‘नवनिर्वाचित मेयर हर्क साम्पाङ तपाईंलाई धेरै धेरैं शुभकामना। जनताले यस्तै शासक होइन जनताको सेवक साम्पाङ खोजिरहेको छ भन्ने सूचना दिनुभयो, धन्यवाद।’ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा साम्पाङ स्वतन्त्रबाट उठेर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्।

प्रतिकृया दिनुहोस्