News Portal

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

रातोपोस्ट संवाददाता
३९२ पटक

काठमाडौँ, १५ जेठ । सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा उक्त जानकारी दिएका हुन्।

नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि गरिएको अर्थमन्त्री शर्माले बताए।साथै राष्ट्रसेवक कर्मचारीले यसअघि पाउँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिएको उनले जानकारी दिए।आगामी साउनदेखि लागू हुने गरी सरकारले तलब बढाएको हो।

प्रतिकृया दिनुहोस्