News Portal

काठमाडौं महानगरमा रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक बनाइने

रातोपोस्ट संवाददाता
७३२ पटक

काठमाडौं, १६ जेठ । काठमाडौं महानगपालिकामा रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक सौचालयको रुपमा प्रयोग गरिने भएको छ ।

सोमबार काठमाडौं महानगपालिकाको पहिलो बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिका भित्रका रेष्टुरेन्टको शौचालयलाई सार्वजनिक बनाइनेबारे प्रस्ताव गरेका हुन् ।मेयर साहले रेष्टुरेन्ट सञ्चालकहरुसँग छलफल भएको समेत बताए । त्यसैगरी मेयर साहले जसरी पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने समेत बताएका छन् ।

शाहको प्रस्तावअनुसार महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरुमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ । रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ । उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताएका हुन् ।

प्रतिकृया दिनुहोस्