News Portal

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

रातोपोस्ट संवाददाता
३९२ पटक

काठमाडौँ, १७ जेठ । प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ ।

धीरज प्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।

गत बैशाख २१ गते बुधबार सर्वोच्चका न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको थियो । सो दिन सुनुवाई नसकिएपछि सरकारको निर्णयविरुद्ध परेको रिट हेर्दा हेर्दैमा राखिएको थियो ।

एआइजी पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै गत वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार लगायतका सबै आधारमा आफू अगाडी रहेको दाबी रिटमा गरेका छन् ।

प्रतिकृया दिनुहोस्