News Portal

७३ यात्रु लिएर भद्रपुर उडेको जहाज काठमाडौं नै फर्काइयो

रातोपोस्ट संवाददाता
३०२ पटक

काठमाडौं, १८ जेठ । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडे लगत्तै बुद्ध एयरको जहाज काठमाडौंमा नै फर्काइएको छ। बुधबार बिहान भद्रपुर उडेको बुद्ध एयरको हवाईजहाजको पछिल्लो टायरमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको हो।

काठमाडौंबाट जहाज उडेपछि पछिल्लो टायरका केहि पार्टपुर्जा धावनमार्गमा भेटिएको थियो। लगत्तै टावरले उक्त जहाजलाई फिर्ता हुन निर्देशन दिएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्यान कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भद्रपुर उडेको जहाजको पाङ्ग्रामा समस्या आएपछि जहाज फिर्ता गरिएको बताए।

काठमाडौंबाट १० : ४३ मा उडेको जहाज ११:०६ मा फर्किएको हो।उक्त जहाजमा ४ जना उडानसदस्यसहित ७३ जना यात्रु सवार थिए।

प्रतिकृया दिनुहोस्