News Portal

आगामी चुनावमा धाँधली गरेर सत्ता कब्जा गर्न बजेट ल्याइयो : सांसद सिंह

रातोपोस्ट संवाददाता
३९३ पटक

काठमाडौं, १८ जेठ । नेकपा एमालेका सांसद भैरवबहादुर सिंहले सरकारले ल्याएको बजेट अब पाँच महिनापछि हुने चुनावमा धाँधली गरेर सत्ता कब्जा गर्न ल्याइएको टिप्पणी गरेका छन्। आर्थिक वर्ष २०७९/८०को वार्षिक बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

यो बजेट चुनावमा धाँधली गर्ने, चुनावमा जनताले भोट हाल्न नपाउने, चुनावीमुखी सत्ता कब्जा गर्ने उद्येश्यले आएको छ,’ उनले भने, ‘निर्वाचनमुखी प्रणालीमा आएको छ। आर्थिक कुरालाई निषेध गरेको छ। पाँच महिनापछि आउने चुनावलाई आफ्नो पक्षमा पार्नका लागि प्रयोग गर्ने उद्देश्य पूरा गर्ने तरिकाले बजेट आएको छ।’

उनले बजेटले सुदूरपश्चिमलाई हेप्ने काम गरेको भन्दै त्यहाँ कुनै पनि मेगा परियोजनाको विषय नसमेटेर सौतेनी व्यवहार गरिएको गुनासो गरे।

प्रतिकृया दिनुहोस्