News Portal

यार्सा संकलकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको लेक लागेर मृत्यु

रातोपोस्ट संवाददाता
२५३ पटक

मुगु, १८ जेठ । मुगुमा यार्सा संकलकको सुरक्षामा खटिएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्सा संकलकहरूको सुरक्षामा मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने ठुलोकोइकी पाटनमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको हो ।

सिंहलाई मंगलबार बिहानदेखि लेक लागेर टाउको दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएको थियो । उनलाई ठुलिकोइकीबाट सुरक्षाकर्मीको टोलीले मंगलबार राति सिरानीचौरमा ल्याएका थिए । उपचारको लागि बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो करिब १२ बजे कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो सवा २ बजे सिंहको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–११ बाँके घर भएका सिंह २०६७ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।

प्रतिकृया दिनुहोस्