News Portal

समाजवादी प्रेस संगठनले नगर प्रमुख बुढाथोकीलाई बुझायो सुझाव पत्र

रातोपोस्ट संवाददाता
५२६ पटक

मेचीनगर, १८ जेठ । नेकपा एस निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन झापाले मेचीनगर नगरपालिकामा सुझाव पत्र बुझाएको छ ।

संगठनले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज नगरपालिकामा पुगेर सुझाव पत्र बुझाएको हो । संगठनका उपाध्यक्ष दिलिप थापाको नेतृत्वमा गएको टोलीले नगर प्रमुख बुढाथोकीलाई पाँच सुत्रिय सुझावसहित ज्ञापनपत्र बुझाएको छ ।

संगठनले मेचीनगरलाई सुचना मैत्रीपूर्ण नगर बनाउनु पर्ने, नगरमा सहज रुपमा सुचना उपलब्ध हुनु पर्ने सुझावसहित सुझाव पत्र बुझाएको हो ।त्यसैगरी नगरभित्र रहेका सञ्चारकर्मीलाई तालिमको व्यवस्था गरि नगरमा रहेका सञ्चारमाध्यमलाई न्युनतम ३ लाख सम्मको लोककल्याणकारी विज्ञापनको व्यवस्था हुनुपर्ने जस्ता सुझावहरु दिएको छ ।

उक्त अवसरमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, एकृकित समाजवादी झापाका सहसचिव विपि भट्टराई, समाजवादी प्रेस संगठनका १ नम्बर प्रदेश सदस्य किशोर उपरकोटी, समाजवादी प्रेस संगठनका जिल्ला सचिव रिता दाहाल र जिल्ला सदस्य सुवराज लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्