News Portal

बिर्तामोडको ग्रिन प्यासिफिक होटेलमा एक युवक मृत फेला

रातोपोस्ट संवाददाता
४५७ पटक

काठमाडाैँ, १८ जेठ । बिर्तामोडस्थित ग्रिन प्यासिफिक होटेलमा सुसाइड नोटसहित एक युवा मृत फेला परेका छन् । गौरीगन्ज गाँजपालिका- १ निवासी प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

होटेलको ४०१ नम्बर कोठामा ती व्यक्ति मृत फेला परेका हुन् । मृतक भट्टराई बुधवार बिहान कोठाबाट बाहिर ननिस्केपछि शङ्का लागेर कोठाको ढोका खोल्दा मृत भेटिएको होटेलका कर्मचारीले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्