News Portal

नगरको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा नै होः नगरप्रमुख बुढाथोकी

रातोपोस्ट संवाददाता
२९६ पटक

मेचीनगर, २४ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले विकास भनेको नै चेतना भएको बताएका छन् ।सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा नै हो । मानिसमा चेतना वृद्वि भए विकास आफसे आफ हुनेछ । सडक, पुल लगायतका विकास भनेको दोस्रो कुरा हो ।’पानी स्वास्थ्यसँग जोडिएको विषय भएकोले निरोगी बन्न स्वास्थ पानी पीउन आवश्यक रहेको उनले बताए । उनका अनुसार नगरवासीलाई खानेपानीको अभाव हुन नदिन खानेपानीको नीति र तर्जुमा बनाएर अघि बढिने छ ।

कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष मधुसुदन निरौला, चिलिमगडी खानेपानी संस्थाका सहसचिव राजेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष लालबहादुर चौहानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

०७२ सालमा स्थापना भएको यस समूहमा १६५ वटा धारा व्यक्तीको नाममा र ७ वटा धारा सार्वजनिक रुपमा रहेको संस्थाले जनाएको छ ।कार्यक्रमको स्वागत संस्थाका सल्लाहकार संयोजक ललितबहादुर विष्ट र सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्