News Portal

मेचीनगरमा नदी दोहन बन्द

रातोपोस्ट संवाददाता
३०१ पटक

मेचीनगर,२८ जेठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो ।

विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै विवादमा समेत आएको मेचीनगरमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आएको टिमले पदभार सम्हालेको केही दिनमा नै नगर क्षेत्रका नदि दोहन बन्द गरेको हो । नगर प्रमुख बुढाथोकीको पहलमा मेचीनगर क्षेत्रका नदिमा अवैध उत्खनन रोकिएको छ । योसंगै अब मेचीनगरमा अवैध उत्खनन समाप्त हुने नगरबासीले अपेक्षा समेत गरेका छन् ।

मेचीनगर र नदीजन्य सामाग्री उत्खन्न गर्ने कम्पनीका बीच भएको सम्झौता अनुरुपको काम सम्पन्न भएपछि थप उत्खन्न हुन नदिन नदीमा रोक लगाइएको उपप्रमुख मीना पोखरेलले बताइन् ।नदी उत्खन्नमा रोक लगाइको बारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकिएको मेचीनगर आर्थिक संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए । यो निर्णयको उल्लङघन गरे कार्वाही गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस्