News Portal

एसपिपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ : दुर्गा पौडेल

रातोपोस्ट संवाददाता
३५१ पटक

काठमाडाैँ, २ असार । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपिपी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् ।

हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपिपी भइसकेको छ । अब केही गरिरहनुपर्दै भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपिपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न हुनेगरी सम्झौता नभएको बतायो । प्रधानमन्त्रीले पनि यस्ता सम्झौता नहुने बताए,’ उनले भनिन्, ‘दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भन्ने, यो बीचमा देखिएको अस्पष्टलाई स्पष्ट गर्नुपर्छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्