News Portal

झापामा पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजीको माग गर्दै एक घण्टा चक्काजाम

रातोपोस्ट संवाददाता
३६८ पटक

झापा, २असार । नेकपा (बहुमत)ले पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजीको माग गर्दै झापामा एक घण्टा चक्काजाम गरेका छन् । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार नेकपा (बहुमत) झापा जिल्ला संयोजक जितु तामाङको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताहरूले बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ स्थित पालिया पुलमा एक घण्टा चक्काजाम गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले टायर बालेर सडक अवरोध गर्दा राजमार्गमा चल्ने यातायातका सवारीसाधन जाममा परेका थिए । यसअघि नेकपा ९बहुमत० को केन्द्रीय समितिद्वारा घोषित सङ्घर्षका कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापन पत्र समेत बुझाइसकेका छन् । नेकपा बहुमतले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध विभिन्न सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको थियो

प्रतिकृया दिनुहोस्