News Portal

नेपाल कम्युनिस्ट पार्टिले ईलाममा मशाल जुलुस

रातोपोस्ट संवाददाता
४०३ पटक

झापा ३ असार । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता लगायत सबैखाले राष्ट्रघात बिरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टिले ईलाममा मशाल जुलुस गरेको छ ।

ईलामको माई नगरपालिका शुक्रबारे बजारमा सम्पन्न उक्त मशाल जुलुसको कोणसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा ईलाम जिल्ला ईन्चार्ज सुमनसींहले एसपिपीसंगै अमेरिकन सेनाहरु नेपालमा आउन लागेको र यसले देशलाई उपनिवेश बनाउने, युद्धभुमिमा परिणत गर्ने, नेपाली जनतालाई गुलाम बनाउने भएकोले यसलाई प्रतिरोध गरेर लखेट्नु पर्ने समय आएको बताए ।

उनले साम्राज्यवाद आफ्नो अन्तिम चिहान खन्न नेपाल प्रवेश गरेको र साम्राज्यवादलाई खरानी पार्न राष्ट्रिय प्रतिरोध संघर्षको नेतृत्व गर्दै अगाडि बढ्न आफ्नो पार्टी तयार रहेको सिंहले बताए ।कोण सभाको संचालन ईलाम जिल्ला सचिव मौसमले गरेका थिए । उनले दलाल हरुलाई चुनौती दिंदै भने, ‘हामी बलिदान गरेर भएपनी देश बचाउँछौं ।’

प्रतिकृया दिनुहोस्