News Portal

राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले लिइन् सपथ

रातोपोस्ट संवाददाता
२७९ पटक

काठमाडाैँ, १ श्रावण । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिकृया दिनुहोस्