News Portal

देउवा र प्रचण्डको अपरिपक्व सोचले देश डुबाउनेछ : सुरेन्द्र पाण्डे

रातोपोस्ट संवाददाता
२७२ पटक

जनकपुरधाम, २ श्रावण । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले देशलाई डुबाउने आरोप लगाएका छन ।सोमवार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका साथ रहेको र प्रचण्डले भारतको हात रहेको छ भन्ने अपरिपक्व सोचले देशलाई नै डुबाउने सम्भावना बढेको बताए ।

उनले प्रष्टयाउंँदै भने चीनलाई बेवास्ता गरी प्रधानमन्त्री देउवाले अमेरिकासँग सैन्य लेनदेनको सम्झौतातिर लागेका छन् भने प्रचण्ड भारत भ्रमणमा गएका छन् । अमेरिका र भारतसँग बढाएको नजिकताले चीन रिसाएको छ । चीन अहिले विश्वकै शक्तिशाली राष्ट्र बन्न अग्रसर छन् त्यससँग हामीले शत्रुता र्गन खोजियो भने हाम्रो मुलुक नै बर्बाद हुनेछ ।उपाध्यक्ष पाण्डेले यी दुईवटै नेताको यस्तो अपरिपक्व सोचले नेपालको सार्वभौमसत्तामाथि असर मात्र पार्दैन, देश सुदृढ बनाउन समेत बल पुग्दैन र अन्ततः नेपाल ध्वस्तको बाटो तिर लाग्ने निश्चित रहेको भने ।

उनले नेपाललाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी अब एमालेको काँधमा आएकोले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष र आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।सो प्रशिक्षण कार्यक्रममा पछिल्लो स्थानीय तह निर्वाचनको समीक्षा गर्दै उपाध्यक्ष पाण्डेले भने, अब देशमा चुनाव जित्न पर्चा पम्पलेट, सभा, जुलुस र शक्ति प्रदर्शन लगायतका परम्परागत शैली परिवर्तन गरी आधुनिक टेक्नोलोजीको प्रयोग गर्नुपर्छ ।

भर्खरै निर्वाचित काठमाडौको मेयर बालेन शाह र धरान मेयर हर्कबहादुर सम्पाङ्गको उदाहरण दिदै भने तिनीहरुले एक्लै भएपनि आधुनिक टेक्नोलोजी सामाजिक सञ्जालको प्रयोग चुनाव जितेका छन, आउँदो निर्वाचनमा हामीले पनि त्यसको अनुसरण गर्न जरुरी छ ।मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य प्रभु साह र रघुवीर महासेठले पनि प्रशिक्षण दिएका थिए । साहले पार्टी प्रचार प्रसार र आगामी निर्वाचनका तयारी बारे प्रशिक्षण दिएका थिए ।

प्रतिकृया दिनुहोस्