News Portal

एमाले मेचीनगरद्वारा अनावश्यक विद्युत नकाट्न प्राधिकरणलाई ध्यानाकर्षण पत्र

रातोपोस्ट संवाददाता
२८३ पटक

झापा, ३ साउन । अनावश्यक रूपमा विद्युत अवरुद्ध गरेर उपभोक्तालाई सास्ती दिएको भन्दै नेकपा एमाले मेचीनगरले विद्युत प्राधिकरण धुलाबारी शाखालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार कार्यालय परिसरमा नै पुगेर एमाले मेचीनगर कमिटीले नागरिकलाई अनावश्यक विद्युत काटेर दुःख दिने कार्य तत्काल बन्द गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य तथा झापा सह-इन्चार्ज रविन कोइराला, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, जिल्ला सदस्य एवम् मेचीनगर इन्चार्ज देवकुमार राई, एमाले नेता कृष्ण कनाल, चन्द्र प्रसाईं, प्रितम काफ्ले, रविन ओझा, मेचीनगर- ९ का वडाध्यक्ष कञ्चन तामाङ, १० का वडाध्यक्ष नारायण खनाल, मेचीनगर- ८ का वडा सदस्य बिष्णु भट्टराई, बेनु राई, गणेश खरेललगायत मेचीनगर क्षेत्रका एमालेमा आबद्ध विभिन्न भातृ संगठनका नेतृत्व तथा युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यता ध्यानाकर्षण पत्र बुझ्दै विद्युत प्राधिकरण धुलाबारी शाखा प्रमुखले अहिलेको समस्याको समाधान दुई दिन भित्र गर्ने र दिर्घकालिन समस्याको समाधान डेढ महिना भित्रमा भईसक्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिकृया दिनुहोस्