News Portal

ने.वि संघ द्वारा निशुल्क सेनेटरी प्याड हस्तान्तरण

रातोपोस्ट संवाददाता
२८१ पटक

मेचिनगर, ४ श्रावण । चाराली स्थित त्रिदेव बहुमुखि क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुद्यबार निशुल्क सेनेटरी प्याड बितरण गरेको हो।

महिनावारी ब्यबस्थापन गर्न नसक्दा प्रत्येक महिना किशोरीहरुलाई केहि दिन क्याम्पस अनुपश्थित हुने समस्या हट्ने विश्वास लिइएको छ।

नेबि संघको आयोजनामा भएको शिक्षक विद्यार्थी अन्तरकृया कार्यक्रममा विभिन्न गुनासो र समस्या उठ्ने क्रममा क्याम्पसमा सेनिटरी प्याडको समस्या पनि उठेकोले उक्त समस्याको तत्कालको लागि समाधान गर्न नेबि संघ त्रिदेबले क्याम्पस लाई सेनिटरी प्याड हस्तान्तरण गरेको नेपाल बिद्यार्थी संघ त्रिदेव बहुमुखि क्याम्पसका ईकाइ सचिव सौरभ बस्नेतले बताए।

प्रतिकृया दिनुहोस्