News Portal

पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी

रातोपोस्ट संवाददाता
२६० पटक

काठमाडाैँ, ५ श्रावाण । पोखरामा एक बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ।पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए।

उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए।चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो। बैंकले अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ।

पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोडेर रकम चोरी गर्ने घटना बढेका छन्।गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस्