News Portal

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै

रातोपोस्ट संवाददाता
५५४ पटक

काठमाण्डाै, ३ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचारत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरिका आफन्तले पनि उहाँको अवस्था जटिल बन्दै गएको बताएका छन् ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किनुभएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना हुनुभएको थियो । आज गिरीलाई भेटेर आएपछि कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीट गरेर उहाँको स्वास्थ्य अवस्थाप्रति स्तब्ध र निरीह भएको बताउँदै ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु, सबैले प्रार्थना गरौँ भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस्