News Portal

विप्लव नेतृत्वको मेचीनगर सचिवमा प्रधान

रातोपोस्ट संवाददाता
३५६ पटक

झापा, ५ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरको तेस्रो नगरसभा सम्पन्न भएको छ । शनिबार भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको नेकपा मेचीनगर इन्चार्ज सञ्जय राईले जानकारी दिए ।

नवनिर्वाचित कमिटीलाई खदा तथा अबिर लगाएर कार्यक्रमका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नगर इन्चार्ज राईले उनीहरुलाई सपथ ग्रहण गराएको थिए । सपथ ग्रहण पश्चात् नवनियुक्त सचिव श्रेष्ठले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

पार्टीका जिल्ला सचिव तारा थापा (प्रशान्त)को प्रमुख आतिथ्यमा जिल्लादेखि पालिका स्तरसम्मका नेताहरु सहभागी थिए । नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जिल्ला सचिव थापाले अब सबै जनता क्रान्तिका पक्षमा एक भएर अगाडि बढ्नुपर्ने र आफ्नो हक अधिकारको रक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘हामीले विकृति, विसंगति र बेथितिका विरुद्ध घरघरबाट संघर्ष गर्नुपर्ने दिन आएको छ । यो सत्ताले युवायुवतीहरु रेमिट्यान्समा विदेशमा बेच्ने काम गरिरहेको छ भने जनताको सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन । त्यसैले हामी यो दलाल राज्यसत्ताको विरुद्ध धावा बोल्न तयार छौँ’ प्रमुख अतिथि थापाको उद्घोष थियो ।

अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज खगेन्द्र सिटौलाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज सञ्जय राईले गरेका थिए भने उनले पार्टीको राजनीतिक प्रतिवेदन वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्